१२ मंसिर २०८१, बुधबार
,
Latest
च्याम्पियन्स लिगः बायर्नले पिएसजीलाई हरायो, म्यान्चेस्टर सिटी बराबरीमा रोकियो बुढापाकालाई गाउँ रित्तिने चिन्ता वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी मार्फामा बढ्दै पर्यटक राष्ट्रिय गौरवका आयोजना : अपेक्षित प्रगतिको प्रतीक्षा एनपीएल२०२४ डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छः अर्थमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा भद्रपुर गोल्डकप: मछिन्द्र क्लब विजयी



अ+ अ-

झापा । मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ ।

मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एकरएक गोल गर्नुभएको थियो ।

खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुआती गोल गर्नुभयो । उहाँले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गर्नुभएको थियो । यद्यपि खेलको अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधैँ गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काउनुभयो ।

खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे । खेलको ८६औँ मिनेटमा घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गर्नुभयो । मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ बङ्गलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिनुभयो ।

बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित हुनुभयो । उहाँले नगद २० हजार पुरस्कार पाउनुभयो । आइतबारदेखि सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको अध्यक्ष ढकालले बताउनुभयो । रासस