१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनु हुन्न: महामन्त्री शर्मा

पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपति बनाउनु हुन्न: महामन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु नहुने बताउनुभएको हो ।

उहाँले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गर्नुभयो । महामन्त्री शर्माले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरुको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरुलाई अगाडी सार्नु त्यति उचित नहोला भन्ने साथीभाईहरुको भावनासँग म एकदम सहमत छु । त्यसकारणले चाहे शेरबहादुर देउवा, चाहे माधवकुमार नेपाल, चाहे बाबुराम भट्टराई उहाँहरुले कार्यकारी अधिकार प्रयोग गरिसकेर देशको प्रधानमन्त्रीको नेतृत्व गरिरहनुभएको छ । त्यसकारण उहाँहरु समेतको सहभागिता र समर्थनमा रामचन्द्र पौडेल वा अन्य नेताहरुलाई अगाडी सारेर जानु बढी उचित हुन्छ ।’

महामन्त्री शर्माले प्रधानमन्त्री पदलाई सुनको बालासँग तुलना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई सुनको बाला देखाएको बताउनु भयो । ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल र महन्थ ठाकुरलाई प्रधानमन्त्रीको पद देखाएर अल्मल्याउन खोजेको उहाँले बताउनु भयो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा काँग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकठाउँमा आउनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले काँग्रेसलाई भन्नुहुन्थ्यो । सुनको बाला निकैवटा छ कि क्या हो ? तपाईको बालकोटमा । कहिले उहाँ माधव कमरेडलाई देखाउनुहुन्छ । कहिले झलनाथ कमरेडलाई देखाउनुहुन्छ । कहिले महन्थ कमरेडलाई देखाउनुहुन्छ । उहाँको सुनको बालाको कुरामा अल्मल्लिनु अहिले हुँदैन । संसद विघटन गरेर प्रतिगमनतर्फ लम्किनुभएको थियो, त्यो सबै कोर्ष करेक्शन गराउने कुरामा माधव नेपाल, प्रचण्ड, शेरबहादुर देउवाको जुन भुमिका छ, त्यो भुमिका फेरिपनि एकठाउँमा आउनुपर्छ ।’

उहाँले पुरानो गठबन्धन ब्युँतिदा जनमतको कदर हुने बताउनु भयो । संसदको दोस्रो ठूलो दलले सभामुख र तेस्रो ठुलो दलले प्रधानमन्त्रीको पद लिएको अवस्थामा संसदको पहिलो दल हुनुका नाताले काँग्रेसले राष्ट्रपतिको पद पाउनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाली काँग्रेस पार्टीले राष्ट्रपति पदमा राष्ट्रिय सहमति नै हुनुपर्छ भनेर हामीले अफिसियली भनेकै छैन । राष्ट्रपति पदमा हाम्रो उम्मेदवारी रहन्छ । र अहिलेको बेलामा नेपाली काँग्रेस पार्टीले सार्ने उम्मेदवारलाई अहिलेका गठबन्धनमा रहेको दलमध्येको माओवादी पार्टी जसको अध्यक्ष यो देशको प्रधानमन्त्री हुनुहुन्छ, उहाँले समेत समर्थन गरेर जाँदै गर्दा त्यसले केही सन्देश दिन्छ भन्ने कुरामा हामी प्रष्ट छौँ । पहिलो कुरो जनताको बीचमा जाँदै गर्दाखेरी नै जे वचनवद्धता राखिएको थियो हामी सँगसँगै जान्छौँ भनेर, त्यो जनमतको कदर हुन्छ । दोस्रो कुरा, संसदमा तेस्रो दलले देशको प्रधानमन्त्रीको जिम्मेवारी लिइरहेको छ । दोस्रो दलले संसदको सभामुखको जिम्मेवारी लिइरहेको छ भने पहिलो दलले देशको राष्ट्रपति लिने कुरा त्यो बढी स्वभाविक देखिन्छ । प्रधानमन्त्रीले सिंहदरबार, बालुवाटारबाट चलाउनुपर्छ भन्ने हो भने नेपाली काँग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गरेर जानुपर्छ ।’