६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियु मैदानका कर्माचारीलाई धन्यवाद दिँदै ज्ञानेन्द्रले भने– उहाँहरु पर्दापछाडिको खेलाडी हुनुहुन्छ



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिएका छन् । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जालमार्फत टियुका कर्माचारीहरुलाई धन्यवाद दिएका हुन् ।

ज्ञानेन्द्रले मैदानका कर्माचारीलाई पर्दापछाडिको खेलाडीको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्विरमा हुनुभएका मध्य धेरै अनुहारलाई कीर्तिपुर मैदानवरीपरी देख्दै आएको छु । प्रमुख क्यरेटर मधु दाई, मण्डल दाई वहाँको परिवार लगायत उहाँहरु धेरै जनाको नेपाली क्रिकेट पर्दापछाडिको खेलाडी हुनुन्छ । उहाँहरुको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नहरु जतिकै महत्पूर्ण छ।’

नेपाली क्रिकेट टिमले पाएको सफतामा खेलाडि मात्र नभएर मैदानमा सघाउने सबैजना प्रसंशाको हकदार भएको उनले बताए । ‘आज हामी नेपाली क्रिकेट टिमले पाएको सफतामा खुशी मनाई रहँदा वहाँहरुको लगायत टियु क्रिकेट मैदान सघाउने सबैजना प्रसंशाको हकदार हुनुन्छ ।’, ज्ञानेन्द्रले भने, ‘तपाईहरु सबैजनाको मिहिनेत, लगनशीलताको लागि धेरै धेरै धन्यावाद छ । हामी सबैसँगसँगै बुढो हुँदै गइयो नि है’।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिदै आएका छन् । खेलपछि पत्रकारसँगको कुराकानीमा मोन्टीले मैदानका कर्माचारीलाई विशेष धन्यवाद दिएका थिए ।