• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

एकीकृत समाजवादीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव गरेको छैन – झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भर्खरै सचिवालय बैठक सम्पन्न गरेका छौँ । अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनु भयो । तर राष्ट्रपतिको प्रश्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला हल्ला मात्रै रहेछ । राष्ट्रपति निर्वाचन अहिलेको सन्दर्भमा देशका लागि महत्वपूर्ण एजेण्डा हो, यसमा सरोकार हाम्रो पार्टीले राख्छ । हामी सबैले यसबारेमा कुरा गर्छौं ।’

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिन यता संविधानको बिरुद्धमा धेरै प्रकारका गतिविधिहरु भइरहेको देखिन्छ । संविधानलाई अन्त्य गर्न र संविधानमा भएका व्यवस्थालाई समाप्त गर्न, हिन्दु राज्य, राजतन्त्तका लागि भनेर चलाइएका गतिविधिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउने, परामर्श गर्ने र लोकतन्त्रवादीलाई एक ठाउँमा जुटाउने शुरुवात गर्नेछ ।’ उपमहासचिव खतिवडाले राष्ट्रपतिका लागि कुनैपनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गर्नुभयो ।