१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एकीकृत समाजवादीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव गरेको छैन – झलनाथ खनाल

एकीकृत समाजवादीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव गरेको छैन – झलनाथ खनाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीलाई कसैले पनि राष्ट्रपतिको प्रस्ताव नगरेको बताउनुभएको छ ।

पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मानित नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराएको बताउनु भयो । उहाँले राष्ट्रपति निर्वाचन देशका लागि महत्वपूर्ण एजेण्डा भएको उल्लेख गर्दै आफ्नो पार्टीले पनि यसमा सरोकार राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भर्खरै सचिवालय बैठक सम्पन्न गरेका छौँ । अध्यक्षले अहिलेको परिस्थितिको सन्दर्भमा र भेटघाटको सन्दर्भमा जानकारी गराउनु भयो । तर राष्ट्रपतिको प्रश्ताव हाम्रो पार्टीलाई आएको भन्ने बारेमा रिपोर्टिङ भएन । त्यसैले हाम्रो पार्टीलाई राष्ट्रपति प्रस्ताव आएको भन्ने बाहिरको हल्ला हल्ला मात्रै रहेछ । राष्ट्रपति निर्वाचन अहिलेको सन्दर्भमा देशका लागि महत्वपूर्ण एजेण्डा हो, यसमा सरोकार हाम्रो पार्टीले राख्छ । हामी सबैले यसबारेमा कुरा गर्छौं ।’

त्यस्तै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको वक्तव्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउन बैठकमा निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही दिन यता संविधानको बिरुद्धमा धेरै प्रकारका गतिविधिहरु भइरहेको देखिन्छ । संविधानलाई अन्त्य गर्न र संविधानमा भएका व्यवस्थालाई समाप्त गर्न, हिन्दु राज्य, राजतन्त्तका लागि भनेर चलाइएका गतिविधिप्रति हाम्रो पार्टीको ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । प्रतिगामी हर्कतहरु बढीरहेको सन्दर्भलाई मध्यनजर गरी देशका सबै अग्रगमन पक्षधर राजनीतिक दलहरुसँग छलफल अघि बढाउने, परामर्श गर्ने र लोकतन्त्रवादीलाई एक ठाउँमा जुटाउने शुरुवात गर्नेछ ।’ उपमहासचिव खतिवडाले राष्ट्रपतिका लागि कुनैपनि पार्टीले आफ्नो पार्टीलाई प्रस्ताव नगरेको दाबी गर्नुभयो ।