काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् । जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएको बुझिएको छ ।
एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने प्रतिस्पर्धामा रहेका सिंहले बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर राजीनामापत्र बुझाएका हुन् ।