२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनरविचार हुनुपर्छ: कमल थापा



file photo
अ+ अ-

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाका विषयमा पुनरविचार हुनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले मुलुकमा शान्ति र समृद्धिको अनुभव नभएको बताउनुभयो । यस्तो अवस्थामा राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाबारे पुनर्विचार तथा विकल्पमा बहस सुरु गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले विगतमा राष्ट्रपतिले स्वार्थ देखाएकाले नै राजनीतिक दलहरुबीच खिचातनी बढेको बताउनुभयो । अब निर्वाचित हुने राष्ट्रपतिले राजनीतिक दलका स्वार्थअनुसार काम गर्न नहुने उहाँको भनाइ थियो ।

राजनीतिक दलहरुको अस्थिरताका कारण नै मुलुकको एकता र संविधानमा धरापमा परेको भन्दै अध्यक्ष थापाले मुलुकमा विदेशी चलखेल बढ्नुमा पनि राजनीतिक दलहरु नै दोषी रहेको बताउनुभयो ।