२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: रियल मड्रिडसँग लिभरपुल ५–२ ले पराजित



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल स्पेनिस क्लब रियल मड्रिडसँग ५–२ गोलले पराजित भएको हो । लिभरपुलले पहिलो लेगमा आफ्नो घरेलु मैदान एनफिल्डमा ५ गोल खाएको हो ।

रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले दुई–दुई गोल गरे भने एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्बिन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे ।

खेलमा २ गोलको अग्रता उल्ट्याएर रियलले जित निकालेको थियो । खेलको चौंथो मिनेटमा नुनेज र १४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २ गोलको अग्रताले अघि बढाएका थिए । तर, भिनिसियसले २१ औं र ३६ औं मिनेटमा गोल गर्दै रियललाई २–२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा रियलले ३ गोल गर्‍यो । ४७ औं मिनेटमा मिलिसाओ र ५५ औं तथा ६७ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई ५–२ को जित दिलाए । अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।