१० असार २०८३, बुधबार
,
Latest
कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुन्द्रेको कमेडी क्लव आउँदो चैत्र २ गतेदेखि कान्तिपुरबाट प्रशारण हुने



अ+ अ-

फाेटाे- रासस

काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) ‘मुन्द्रेको कमेडी क्लव’ आउँदो चैत्र २ गतेदेखि प्रशारण हुने भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच चैत्र २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्नेगरी तेस्रो सिजनको मुन्द्रेको कमेडी शुरु हुने जानकारी गराइएको हो । शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनुहुनेछ भने निर्देशकमा दिनेश डिसी हुनुहुन्छ ।

त्यस्तै कलाकारहरुमा दमन रुपाखेती, प्रभात लामा, दिनेस काफ्ले र एलिना बास्कोटा रहनुभएको कलाकार नेपालले बताउनु भयो । उहाँले आवश्यक परेको खण्डमा थप कलाकार बोलाउने बताउनु भयो । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा जोडिन पाएकोमा खुशी लागेको बताउनु भयो ।

उहाँले सकेसम्म शोलाई उत्कृष्ट बनाउने प्रयासमा आफू हुने पनि बताउनु भयो ।