३१ जेष्ठ २०८३, आईतवार
,
Latest
असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुन्द्रेको कमेडी क्लब’ नयाँ स्वरुपमा



अ+ अ-

काठमाडौँ । हास्य कलाकार जितु नेपाल नयाँ स्वरुपमा ‘मुन्द्रेको कमेडी क्लब’ मा देखिनु हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो नयाँ कार्यक्रमका बारेमा जानकारी दिँदै हास्य विधामा केही नयाँ काम गर्न खोजेको जानकारी दिनुभयो ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको सो कार्यक्रम अब भने कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा आगामी चैत २ गतेदेखि सो कार्यक्रम प्रसारण हुनेछ । हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुने सो कार्यक्रमको प्रमुख भूमिकामा कलाकार नेपाल र नायिका प्रियंका कार्की रहनुहुनेछ ।

यसैगरी दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिा बाँस्कोटाका साथै अन्य कलाकार पनि विभिन्न भूमिकामा देखिनुहुनेछ । कार्यक्रमको निर्देशन भने दिनेश डिसीले गर्नुहुनेछ । नयाँ स्वरुपमा कमेडी क्लबमा जोडिन पाउँदा आफूलाई खुसी लागेको भन्दै नायिका कार्कीले पत्रकार सम्मेलनमा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले स्वच्छ हास्य व्यङ्ग्यमार्फत आम जनमानसलाई सुसूचित हुने अवसर प्रदान गर्न लागिएको बताउनुभयो । रासस