२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले स्कटल्याण्डविरुद्ध २ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेकोमा बधाई दिनु भएको हो ।

उहाँले भन्नुभएको छ ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यसअघि प्रधानमन्त्री दाहालले नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै उत्कृष्ट खेलाडीहरूलाई सरकारको तर्फबाट प्रोत्साहित र पुरस्कृत गरिने विश्वास दिलाउनुभएको थियो ।

नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध २ विकेटले जित निकाल्दै त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ । यस्तै आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमै पहिलो पटक लगातार चार खेल जित्न नेपाल सफल रह्यो । अर्कोतर्फ नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ ।