२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित र करण चम्किँदा स्कटल्याण्डविरुद्ध नेपालको ऐतिहासिक जित



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली नेपालले चारै खेल जितेको छ । मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा भएको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो । जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कप्तान रोहित पौडेल ९५ रनमा अविजित रहे । १०१ बल खेलेका रोहितले ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, करण केसी ३७ बलमा ३१ रनसहित अविजित रहे । यस्तै ज्ञानेन्द्र मल्लले २१ रन जोड्दा आशिफ शेख १२ रनमा पेभिलियन फर्किए ।

स्कटल्याण्डका मार्क वाटले तीन विकेट लिँदा क्रिस ग्रिभ्सले दुई तथा सफ्यान सरिफ, माइकल लिस्क र ब्रेन्डन एमसीमुलेनले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रन जोड्यो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले ५० बलमा ६० रन, म्याथ्यु क्रसले ६३ मा ४२, ब्रान्डन एमसीमुलेनले ४८ बलमा ३१ रन जोडे । यस्तै, क्रिस्टोफर एमसीब्राइडले ३० बलमा २२ रन जोड्दा किले कोएट्जरले २३ बलमा २२ रन बनाए ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा कुशल मल्ल र ललित राजवंशीले एक–एक विकेट लिए । यस्तै, स्कटल्याण्डका म्याथ्यु क्रस रनआउट हुन पुगे । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट पारे । दिपेन्द्रले ‘डाइरेक्ट हिट’ पार्दै क्रसलाई आउट पारेका हुन् ।

२०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको नेपाल आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमै पहिलो पटक लगातार चार खेल जित्न सफल रह्यो । अर्कोतर्फ नेपाल विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली समेत बनेको छ ।

यो नतिजासँगै स्कटल्याण्डले ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै लिग २ को अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ ।

नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । यस्तै, युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा रहँदा नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ ।

पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । जसअनुसार ओमान र स्कटल्याण्ड सोझै विश्वकप छनोटमा पुगेका हुन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

तस्बिरहरु: क्यानबाट साभार