३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जलवायु परिवर्तन: न वर्षा न हिमपात, घटे पर्यटक

जलवायु परिवर्तन: न वर्षा न हिमपात, घटे पर्यटक
अ+ अ-

मनाङ । यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा हुन सकेको छैन । पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ । हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ । हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो ।

तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन । मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ । हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा सिँचाइको अभाव देखिनेछ । पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ । मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन् ।

हिमाली जिल्ला मनाङमा यसपटक हिमपात भएको छैन । यस वर्ष बेमौसममा हिमपात भयो । तर हिमपात हुने समयमा भने हिमपात हुनसकेन । मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो । तर, हिमपात हुँदा जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीयवासी चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेँसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन् । चिसो छल्न मनाङवासी बँेसी झरे पनि हिमपात हुने समयमा यस पटक हिमपात भएन ।

हिमपात नहुँदा किसान चिन्तित

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले किसानका लागि समयमै हिमपातको महत्व रहेको छ । “यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तब मात्र माटो भिज्छ”, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्नुहुन्छ, “जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ ।”हिमपात हुनुपर्ने समयमा हिउँ परेन यसवर्ष बाली राम्रो हुने अवस्था नभएको उहाँ बताउँनुहुन्छ ।

उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन, यस पटक त हिमपात नै भएन”, उहाँले भन्नुभयो । यस पटक उत्पादन नहुने उहाँ बताउँनुहुन्छ । “हिमाली क्षेत्रमा नै हिउँ परेन यहाँ अब पानीको हाहाकार हुने भयो खेतीबालीलाई, के भएको हो रु अहिलेसम्म यस्तो थाहा पाएका थिएनौँ”, गुरुङले भन्नुभयो ।

“मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले माघ महिनाको पनि आधा कटिसक्यो । तैपनि हिउँ परेको छैन”, नासों गाउँपालिका–५ थुतेन लामाले भन्नुभयो, “आकाशमा अलिअलि मात्र बादल लाग्ने गरेको छ । हिउँपर्ने सङ्केत अझै कुनै छाँटकाँट देखिँदैन ।” तापक्रम भने निकै घटेर मौसम चिसिएको उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताउनुभयो । कहिलेकाहीँं पानीको छिटा परे पनि हिउँपर्ने सङ्केत नदेखिएको लामा बताउँनुहुन्छ ।

उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँ चिसोका कारण यतिबेला खाली भए पनि हिमपात भएको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बँेसी झरेको उहाँले जानकारी दिनुभयो ।

“समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने भयो”, लामाले भन्नुभयो । विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । यसपटक सोहीअनुसारको व्यवस्था गरिए पनि हालसम्म हिउँ नपरेको उहाँ बताउँनुहुन्छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गाना खनालले मनाङमा हालसम्म जिल्लामा हिमपात नभएको जानकारी दिनुभयो । माथिल्लो मनाङमा हल्का हिमपात भए पनि आवश्यक मात्रामा हिमपात नभएको उहाँ बताउनुहुन्छ । “मनाङमा हालसम्म हिउँ परेको छैन”, उहाँले भन्नुभयो ।

मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र एक हजार सात सय मिटर उचाइमा रहेको तालगाउँमा समेत यसअघि यो समय हिउँपर्ने गर्दथ्यो । मनाङमा जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । मङ्सिर, पुसमा हिउँ परे मात्रै जमिनमुनि चिस्यान पुग्छ र खेतीपाती हुन्छ । अहिले हिउँ परेन खेतीबाली राम्रो हुँदैन । तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्ने किसान बताउँछन् ।

चिसोले पूर्वाधार निर्माणमा समस्या

हिमपात नभए पनि यहाँ चिसो बढ्दै गएपछि विकास निर्माणका कार्य गर्न रोकिन्छ । चिसो बढेसँगै माथिल्लो मनाङको पूर्वाधार निर्माणको काम पूर्ण रुपमा ठप्प हुन्छ । गतवर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको निर्माणाधीन भौतिक संरचना निर्माणका कार्य अहिले रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतको विकास निर्माणका कार्य रोकिएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले बताउनुभयो ।

“सदरमुकाम चामे, नासों गाउँपालिका क्षेत्रमा केही कार्यनिर्माण भइरहेको छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ”, उहाँले भन्नुभयो । चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न नसकिएको विष्टले बताउनुभयो । “हिमपात नै नभए पनि चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ । यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ”, विष्टले भन्नुभयो ।

मनाङको मेरुदण्डको रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माणकार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उहाँले बताउनुभयो । प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । यससडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनीयोजन गर्दै आएको छ ।

विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद व्यवस्थापन विभागबाट रु तीन करोड १४ लाख बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणको लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकार्य सकिने अवस्थामा जाडो मौसमले गर्दा केही ढिलाइ हुने भएको जनाइएको छ ।

हिमाल कालापत्थर

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नहुँदा पग्लिएर नाङ्गिन थालेका छन् । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन् । पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ ।

हिउँ नपरेपछि यतिबेला अन्नपूर्ण दोस्रो, तेस्रो, चाँैथो, चलु फरेस्ट, हेम्लुङ, मनास्लु, निलगिरि, तिलिचो पिक, थोराङ पिकलगायतका हिमाल रङ उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । उहाँका अनुसार समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको छ

पर्यटक घटे

हिमाली जिल्लामा समेत हिमपात नभएपछि हिउँ खेल्न आउने पर्यटक घटे । विगतका वर्षमा हिमपात हुनासाथ मनाङ आउने पर्यटक यसवर्ष आउने वातावरण बनेन । “हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिगँ्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने कौतुहलता बढेको छ”, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भन्नुभयो ।

गतवर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको उल्लेख्य आगमन भएको उहाँले बताउनुभयो । यस वर्ष हिउँ नपरेपछि पर्यटन व्यवसायसमेत प्रभावित बनेको उहाँको गुनासो छ । “हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, हिमपात नभएपछि सबै होटल सुनसान छन्, सुक्खा जाडोको कारण नेपाली पर्यटक पनि घुम्न आउन छाडेका छन्”, उहाँले भन्नुभयो । हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ ।

हिमपात भएपछि भने यहाँका पर्यटकीयस्थलमा पर्यटक भरिभराउ हुने गरेका थिए । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फूल्ने लालीगुराँस यसवर्ष पुसदेखि नै फुलेको देखिएको छ । जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि स्थानीय अचम्मित बनेका छन् । “मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूल बेमौसममा फुल्न थालेका छन्, यो नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको विज्ञहरु बताउँछन् । रासस