५ श्रावण २०८३, मंगलवार
,
Latest
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा पुनः शक्तिशाली भूकम्प, सडकमै भागदौड



अ+ अ-

एजेन्सी । टर्कीमा सोमबार अबेर राति ६.४ म्याग्निच्यूड तीव्रताको शक्तिशाली भूकम्प गएको छ । टर्कीको हताय प्रान्तमा भूकम्पको तीब्र झट्का महसुस गरिएको हो ।

यसअघि गत माघ २३ गते सोमबार आएको महाविनाशकारी भूकम्पपछि टर्कीमा पुनः एकपटक शक्तिशाली रुपमा जमीन थर्किएपछि टर्कीमा त्रासको वातावरण पैदा भएको छ ।

सोमबार राति गएको भूकम्पमा सडकमै भागदौड मच्चिएको थियो । दुई हप्ताअघि टर्की तथा सिरियामा आएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ४५ हजार बढीको निधन भइसकेको छ ।

टर्कीको समाचार एजेन्सीका अनुसार पछिल्लो भूकम्पपछि ३२ वटा पराकम्प महसुस गरिएको छ । पछिल्लो भूकम्पमा तीन जना मानिसले ज्यान गुमाएका छन् भने २१३ जना घाइते भएका छन् । भूकम्पपछि प्रभावित क्षेत्रका वासिन्दाहरु सडकमा आएका थिए ।

टर्कीको आपतकालिन प्रवन्धन एजेन्सीका अनुसार पछिल्लो भूकम्पबाट क्ष्तिग्रस्त भएका थुप्रै भवनहरुमा यो भूकम्पले थप क्षती पुर्याएको छ ।




भर्खरै