• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

मोरङमा हत्या गरिएकी महिलाको पहिचान खुल्यो



प्रतीकात्मक तस्बिर

काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा हत्या गरिएकी महिलाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृतक महिला विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियंका सुनुवार रहेकी छन् ।

हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा उनको शव फेला परेको थियो ।स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेपछि यो घटना बाहिर आएको हो ।

स्थानीय नरसिंह चौधरीको घरभित्र बोरामा पोको पारेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।