२९ भाद्र २०८३, सोमबार
,
Latest
तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुर्लाकोटी र तिवारीलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय



अ+ अ-

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

प्रशासनतर्फ मधुसुधन बुर्लाकोटी र प्राविधिक तर्फ शुशिल चन्द्र तिवारीलाई सचिवमा बढुवा गरेको हो । बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

आइतबार सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि १ नम्बरमा बुर्लाकोटी २ नम्बरमा कृष्णहरी पुष्कर र ३ नम्बरमा खगेन्द्र प्रसाद नेपालको नाम सिफारिस गरेको थियो भने प्राविधिकतर्फ पनि बढुवा समितिले १ नम्बरमा तिवारी, २ नम्बरमा गोपाल सिग्देल र ३ नम्बरमा राजेन्द्र प्रसाद खनालको नाम सिफारिस गरेको थियो ।

बुर्लाकोटी र तिवारीको नाम यस अघि २ पटक बढुवाका लागि सिफारिस भइसकेको थियो । उनीहरु बढुवा भएसँगै रिक्त रहेका संघीय मन्त्रालय तथा प्रदेश प्रमुख सचिवमा पदस्थापन हुनेछन् ।