• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

मोरङमा घरभित्र बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला



काठमाडौँ । मोरङमा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाहीमा घरभित्र हत्यापछि बोरामा पोको पारेर राखेको अवस्थामा महिलाको शव फेला परेको हो ।

स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पहिचान नखुलेकी करिब ३५ वर्षीया महिलाको हत्या भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।