• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   पाकिस्तानमा वर्षाका कारण ७१ जनाको मृत्यु, ६७ घाइते ★   गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखले गैरकानूनी काम गरेको काँग्रेसको आरोप ★   प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने ★   आईपीएलमा आजः लखनउको मैदानमा चेन्नईको चुनौती ★   पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि ★   ८० करोड लगानीमा फरच्युना हेल्थ केयरद्वारा नेपालमै सिरिञ्ज उत्पादन शुरु ★   बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी ★   इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ ★   नेपाललाई ६ विकेटले हराउँदै युएई एसिसी प्रिमियर कपको फाइनलमा ★   युएईविरुद्ध नेपाललाई चौंथो सफलता

संसारको सबैभन्दा सानो देश, जहाँ केवल २७ मान्छे बस्छन्



एजेन्सी । चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । तर के तपाईलाई थाहा छ एउटा यस्तो देश छ जहाँ २७ जना मात्रै बस्छन् ।

संसारको सबैभन्दा सानो देश इङ्गल्याण्डको नजिकै अवस्थित छ, जसको नाम ‘सील्याण्ड’ हो । यो देश इंग्ल्याण्डको सफोक बीचबाट करिब १० किलोमिटर टाढा अवस्थित छ । यो देश भग्नावशेषमा रहेको किल्लामा अवस्थित छ ।

यो किल्ला दोस्रो विश्वयुद्धको समयमा बेलायतीहरूले बनाएका थिए । पछि अंग्रेजहरूले यो किल्ला खाली गरे । त्यसबेलादेखि सील्याण्ड विभिन्न व्यक्तिहरूको कब्जामा छ । यो देशलाई ‘माइक्रो राष्ट्र’ भनिन्छ ।

लगभग १३ वर्ष पहिले, अक्टोबर ९, २०१२ मा रोय बेट्स नामक एक व्यक्तिले आफूलाई सील्याण्डको राजकुमार घोषणा गरे । बेट्सको मृत्यु पछि, यो उनको छोरा माइकलद्वारा शासित छ ।

सबैभन्दा सानो राष्ट्रलाई सूक्ष्म राष्ट्र भनिन्छ र जसले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । यो कुनै देशको हिस्सा होइन । सील्याण्डको कुल क्षेत्रफल २५० मिटर (०.२५ किमी) छ । तर यो किल्ला जीर्ण अवस्थामा पुगेको छ । सील्याण्ड बाहेक यसलाई रफ फोर्ट पनि भनिन्छ ।

अन्तर्राष्ट्रिय मान्यता नपाए पनि सिल्याण्डको आफ्नै मुद्रा र टिकट छ । सिल्याण्डको क्षेत्रफल निकै कम भएकाले यहाँको जीविकोपार्जनको कुनै साधन छैन ।

यो देशको बारेमा सामाजिक सञ्जाल मार्फत थाहा पाएपछि यहाँ बसोबास गर्नेलाई सहयोग गर्न मानिसहरु अगाडि बढेको बताइएको छ । उनीहरुले धेरै दान गरे । जसका कारण यहाँका जनताले आर्थिक सहयोग पाएका छन् । त्यसपछि यहाँका जनताको जीविकोपार्जन सुरु भयो ।