५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको बिदाइ



अ+ अ-

काठमाडौँ । महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ ।

शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस जानुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । उहाँले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन गर्नुभएको थियो । यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि आज बिदाइ गरिँदै छ । अहिले पशुपति क्षेत्रमा बिदाइको तयारी भइरहेको छ ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँशीसम्म गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषलगायत संस्थाले आवास, भोजन र धुनी बाल्ने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । त्यस अनुसार आज फागुन कृष्ण औँशीका दिन बिदाइ गर्न लागिएको उहाँले बताउनुभयो । साधु, सन्तलाई पदवी अनुसार दक्षिणा दिई बिदाइ गर्ने तयारी भएको जनाइएको छ ।

बिदाइपछि पशुपति क्षेत्रमा बस्न चाहने साधु, सन्तलाई संस्थान, कोषलगायत संस्थाले आवास, भोजन र धुनीको व्यवस्था गर्दैनन् । आजदेखि साधु सन्तले आफ्नै हिसाबले व्यवस्था गर्नुपर्ने जनाइएको छ । रासस




भर्खरै