२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबिया र स्कटल्याण्ड भिड्दै



अ+ अ-

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ ।

नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा नामिबिया नेपाललैसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्याण्डले पनि नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ ।

विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।रासस
–––