काठमाडौं । मानव अधिकारकर्मी वामपन्थी बुद्धिजिवी तथा अन्तरिम सरकारको स्वास्थ्य मन्त्री मथुरा प्रसाद श्रेष्ठ निधन भएको छ ।
श्रेष्ठको आज बिहान ४.१५ बजे माईतिघर स्थित अन्नपूर्ण अस्पतालमा निधन भएको मानबअधिकारकर्मी गौरी प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठको अन्तिम दाह संस्कार भोलि बिहान ९.०० बजे पशुपति आर्यघाटमा हुने तय भएको छ ।
उहाँको पार्थिव शरीर आज शिक्षण अस्पतालको शवगृहमा विदेशमा रहेका छोराछोरीको आग्रहमा राखिने व्यवस्था गरिएको पनि प्रधानले जानकारी दिनुभयो ।