• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

राससको ६२ औँ वार्षिकोत्सव सम्पन्न



काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव आज यहाँ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयमा आयोजित समारोह सम्पन्न भएको छ । साथै आजै राससका सबै प्रदेश कार्यालयमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

केन्द्रीय कार्यालयमा आयोजित मूल समारोहमा उत्कृष्ट सेवाग्राहीलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गोरखापत्र संस्थान, दि हिमालयन टाइम्स र लोकान्तर डट कमलाई सम्मान गर्नुभएको हो ।

सो सम्ममान गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, दि हिमालयन टाइम्सका प्रतिनिधि रामकुमार कामत र लोकान्तर डट कमका प्रधानसम्पादक विमल गौतमलाई प्रदान गरिएको थियो ।

समाचार संस्था राससबाट उत्पादन भएका समाचार सामग्रीको प्रयोगमा पत्रकारिता आचारसंहिताको पालना गर्ने ती सञ्चारमाध्यमलाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री दाहालले ‘रासस हिजो र आज’, ‘रासस शैली पुस्तक’ गरी दुई पुस्तक विमोचन गर्नुभएको थियो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र रासस कर्मचारी सङ्घका कार्यवाहक अध्यक्ष पवित्रा गुरागाइँले कर्मचारीको वृत्ति विकास एवं हकहितका बारेमा सबैसँग समन्वय र सहकार्य गरी काम गर्न व्यवस्थापन पक्षसँग माग गर्नुभएको थियो । रासस