• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् ।

प्रहरीले विमानस्थलबाट भारततर्फ लैजान लागेको एक लाख २६ हजार ३०० कतारी रियालसहित शुक्रबार दिउँसो २९ वर्षीय टर्कीस् नागरिक हिडिल कायन सरिकक्मारलाई नियन्त्रणमा लिएको हो ।

एयर इन्डियाको उडानमार्फत दिल्ली जान लागेका सरिकक्मारलाई साथमा लुकाइ राखेका उक्त कतारी रियालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी यसबारे थप अनुसन्धान थालेको छ ।