• १३ जेष्ठ २०८१, आईतवार
  •      Sun May 26 2024
  •   Unicode
Logo

जब घरको छतबाट पूर्व सरपञ्चले उडाए सय र पाँच सयको नोट



एजेन्सी । गुजरातको मेहसानामा, एक पूर्व सरपञ्चले आफ्नो भतिजाको विवाहमा नोटको वर्षा गरेका छन् ।

केक्री तहसीलको अंगोल गाउँका पूर्व सरपंच करीम यादवले आफ्नो घरको छतमा उभिएर सय र ५ सयका नोट उडाए । जसलाई टिप्न घरमुनि भीड जम्मा भएको थियो । नोट लिनका लागि धेरै मानिसहरुबीच झडप समेत भएको थियो ।

करीम यादवले नोट उडाइरहेका बेला उनका भतिजा रज्जाक जन्ती लिएर गाउँबाट निस्किँदै थिए । करीम यादव र परिवारका अन्य सदस्यहरूले गाउँभरीलाई विवाह समारोहमा सामेल गराउन नोटहरू बाँडे ।