२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन नेपाल भ्रमणमा आउनुहुने भएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागु २४ गते नेपाल आउन लाग्नुभएको हो ।

फागुन २४ देखि २६ सम्म नेपालको भ्रमणमा रहनुहुने उहाँले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्नुहुने स्रोतले जनाएको छ ।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्नुहुनेछ ।

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम आयोजना गर्नेछ । साथै ट्रेभेलियनलले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउनुहुने बताइएको छ ।