१४ असार २०८३, आईतवार
,
Latest
यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उम्मेदवारबारे १३ गते थाहा हुन्छः ओली



file
अ+ अ-

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने जिकिर गर्दै ओलीले १३ गते उम्मेदवारको टुंगो लगाउने बताए ।

राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेको सत्ता समीकरणमा फेरबदल नहुने प्रस्ट पार्दै ओलीले सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी समेत गरे । यस्तै, फरक प्रसंगमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको आरोप लगाउँदै २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गरे । १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको ओलीको भनाई छ ।