२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको उम्मेदवारबारे १३ गते थाहा हुन्छः ओली



file
अ+ अ-

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने जिकिर गर्दै ओलीले १३ गते उम्मेदवारको टुंगो लगाउने बताए ।

राष्ट्रपति निर्वाचनलाई लिएर अहिलेको सत्ता समीकरणमा फेरबदल नहुने प्रस्ट पार्दै ओलीले सहमतिमा राष्ट्रपति निर्वाचन हुने दाबी समेत गरे । यस्तै, फरक प्रसंगमा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको आरोप लगाउँदै २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गरे । १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको ओलीको भनाई छ ।