२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथमा आद्य शङ्कराचार्य मन्दिर उद्घाटन



अ+ अ-

काठमाडौँ । जगान्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नु भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताउनुभयो ।

शङ्कराचार्य मठका पीठाधीश डा रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहनुभएका सन्त डा केशवानन्द गिरीलगायतले आद्य शङ्कराचार्य आएर बसेकैले यो मठलाई शङ्कराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताउनुभयो ।

वैदिक सनातनी परम्परामा आद्य शङ्कराचार्यलाई भगवान् शिवको अवतारका रुपमा लिइन्छ । आद्य शङ्कराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गर्नुभएको थियो । ती मठ अहिले पनि आद्य उहाँले नै बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ ।

आद्य शङ्कराचार्य २८–३० वर्षको उमेरमा नेपाल आउनुभएको थियो । इसापूर्व ४७८ उहाँ नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ । शङ्कराचार्य नेपाल आएकोे समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन गर्न मानिसको ठूलो भीड लागेको थियो ।

शङ्कराचार्य आफैँले पशुपतिनाथ मन्दिरको प्राङ्गणमा बसेर सबैलाई धर्मोपदेश गर्नुहुन्थ्यो । आचार्यद्वारा गरिएको मधुर शास्त्रीय व्याख्या सुनेर श्रोताको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दू धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यले सहरमा घुमीघुमी धर्म उपदेश गर्न थाले ।

यहाँका ब्राह्मणलाई उनीहरूले नित्य नैमित्तिक कर्म–अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले । साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । आद्य शङ्कराचार्य आएर बसेकाले यहाँ मन्दिर र मठ स्थापना गरिएको हो । रासस




भर्खरै