६ श्रावण २०८३, बुधबार
,
Latest
जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिचले साथ दिँदा लगातार जित निकाल्न सकेका हौंः ज्ञानेन्द्र मल्ल



अ+ अ-

काठमाडौं । नामिबियाबिरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताउनुभएको छ ।

शनिवार नामिवियाबिरुद्ध ज्ञानेन्द्र र आसिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डो-याएको खेलमा पूर्व कप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिनुभएको हो । यस्तै उहाँले नयाँ प्रशिक्षको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको बताउनु भयो । ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको बताउनु भयो । उनले पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद् नतिजा निकाल्न सहयोग मिलेको बताउनु भयो । लगातारको जितले आत्मविश्वास बढेको र ड्रेसिङ रुममा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार भएको ज्ञानेन्द्रले बताउनु भयो ।

यस्तै आसिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडीहरु अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताउनु भयो । अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुःखि देखिएका आसिफले शनिवारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिनुभयो । नेपालले लागातार जित निकाल्दा प्रशिक्षक मोन्टी देशाईको भुमिका निकै राम्रो भएको बताउनु भयो ।

ओपनर आसिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिवार नामिबियामाथि तीन विकेट जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ । यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ ।