२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध आशिफ र ज्ञानेन्द्रको अर्धशतक



अ+ अ-

काठमाडौं । नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । त्रिवि मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

आसिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।

यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक पूरा गरेका छन् । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।

मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर पनि बनेका छन् । यो समाचार तयार पार्दासम्म २७५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २६.१ ओभरमा २ विकेटको क्षतिमा १४८ रनको स्थितीमा छ ।