३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध आशिफ र ज्ञानेन्द्रको अर्धशतक



अ+ अ-

काठमाडौं । नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । त्रिवि मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध आसिफले ६२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

आसिफको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं अर्धशतक हो ।

यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धशतक पूरा गरेका छन् । ज्ञानेन्द्रले ६४ बलमा अर्धशतक पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो ।

मल्ल यस अर्धशतकसँगै नेपालका लागि सर्वाधिक धेरै अर्धशतक बनाउने क्रिकेटर पनि बनेका छन् । यो समाचार तयार पार्दासम्म २७५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २६.१ ओभरमा २ विकेटको क्षतिमा १४८ रनको स्थितीमा छ ।