२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई नामिबियाले दियो २७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो ।

नामिबियाका लागि जान ग्रिनले ६३ बलमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । उनले ११ चौका र १ छक्का प्रहार गरे । यस्तै, पीकीं या फ्रान्सले ३९ बलमा ४९ रन बनाए ।

लोहार्ड लौरेन्सले ४१ तथा माईकल भान २२ रनमा आउट हुँदा कार्ल ब्रिकस्टकले २० रन जोडे । कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले समान १५/१५ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । सन्दीप यसै खेलबाट विश्वकप लिग टूमा सन्दीप लामिछानेले ५० विकेट पूरा गर्न सफल भए । ५० विकेट पूरा गर्ने उनी समग्रमा तेस्रो तथा नेपालका पहिलो खेलाडी हुन् । यस्तै करण केसीको नामा १ विकेट रह्यो ।

यसअघि मंगलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ भने नामिबिया ३२ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।