२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

कोमलको कवितामा किशोरको कटाक्ष

कोमलको कवितामा किशोरको कटाक्ष
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य तथा चर्चित लोक गायिका कोमल वलीले राष्ट्रियसभाको बैठकमा हिजो (सोमबार)  सुनाएको एउटा कविताले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पाएको छ । 

राष्ट्रियसभामा उनले ‘बाँदरको जमात र अमृतापनको सपना’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।

उक्त कवितालाई कटाक्ष गर्दै पत्रकार किशोर श्रेष्ठले आफू शुध्द भएर अरुतिर औंलो ठड्याउनुको मज्जा पो मज्जा भन्दै व्यंग्य गरेका छन् । उनले वलीको कवितालाई कटाक्ष गर्दै लेखेका छन्,

आफू शुध्द भएर अरुतिर औंलो ठड्याउनुको मज्जा पो मज्जा ! गरिमामय सँसदमा जीवनका आरोह अवरोह झेल्दै उत्तरार्धमा पुगिसकेका पितासमान नेताहरुउपर लान्छनायुक्त 'बाँदर' र 'छेपारा' को कविता वाचन गर्न थाल्नुहुने माननीयज्यूको शाह थरका राजपरिवार निकट अनेक सदस्यदेखि हङ्गकङ्गसम्मका लाहुरे,ब बाट नाम उठेका काङ्ग्रेस,कम्युनिस्टदेखि इ बाट नाम शुरु हुने वाम नेता र श्र बाट श्री गणेश हुने गृह प्रशासनका प्रमुख अनि स र श का सारथी फौजका हाकिमहरु र चुनिएका ब्यापारीहरुसम्मको अन्तरङ्ग कथा,मह जोडीरगणेश गुरुङ्गहरुसहित इजरायल गएको बेलाका एक एक पल,टेलिफोन कल,स्थान,परिवेश,साक्षी,मिति अनि कोशेली संकलनसम्मका प्रकाशित प्रसङ्गहरु फेरि पुनर्मुद्रण गर्ने भन्दैछन् बिमस र केही पूर्व सुरक्षा प्रमुखहरु ! देश नेताले मात्रै बिगारेका हुन् ? अरुको हातै छैन यसमा ?
देश र जनताको निम्ति नीति निर्माण गर्ने थलो पो हो त राष्ट्रिय सभा,त्यहाँ त्यही लेभलको सैद्धान्तिक बहस गर्नु नि,आफ्नो धरातल र बिगत बिर्सेर ठाउँ कुठाउँ सस्तो मनोरञ्जन गर्न त नहुने हो नि भन्छन् दाङ्गका साथीहरु !