२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको सफलताः लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतकै त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिएका सन्दीपलाई यो सफलता मिलेको हो ।

लिग २ मा २३ खेल खेलेका सन्दीपले ३.९१ को इकोनोमीमा ५१ विकेट पुरा गरे । यता, शीर्ष स्थानमा ओमानका बिलाल खान रहेका छन् । उनले ७६ विकेट लिएका छन् । यस्तै, सौरभ नेत्रवाल्करको ५८ विकेटसहित दोस्रो स्थानमा रहेका छन् ।