३ भाद्र २०८३, बुधबार
,
Latest
रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको सफलताः लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी लिग २ अन्तर्गतकै त्रिदेशीय एकदिवसीय शृंखलामा नामिबियाविरुद्ध तीन विकेट लिएका सन्दीपलाई यो सफलता मिलेको हो ।

लिग २ मा २३ खेल खेलेका सन्दीपले ३.९१ को इकोनोमीमा ५१ विकेट पुरा गरे । यता, शीर्ष स्थानमा ओमानका बिलाल खान रहेका छन् । उनले ७६ विकेट लिएका छन् । यस्तै, सौरभ नेत्रवाल्करको ५८ विकेटसहित दोस्रो स्थानमा रहेका छन् ।