२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

वृद्धवृद्धाहरुको आक्रोश: सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न सकेनन् (भिडियो सहित)

वृद्धवृद्धाहरुको आक्रोश: सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न सकेनन् (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना जारी गरेअनुरुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौले खोप लगाउन नपाइ फर्कनु पर्‍यो । 

उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल, टेकु लगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने । उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।

मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाउनुभएन । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “बेसरी गाहो भयो । प्रेसर सुगर भएका मान्छेहरु सबै बाटोमै लडे । यो सरकारको नालायकपन हो यो । यो नालायक पनले जनतालाई दुख दिएको छ । सरकारले खोप सम्बन्धी सूचना प्रवाह राम्रो संग दिनुपर्छ कि पर्दैन ? सरकारले भन्दा ३ महिनामा इनजेक्सन भन्छ यहाँ ३ बर्षमा पनि इनजेक्सन नपुग्ने भईसक्यो । ८५ बर्षका बृद्ध लाइन बस्दा बस्दै ३ ४ जना त लडिसके । तिनको जिम्मेबारी कसले लिन्छ ? पुलिसले भित्र जान दिदैन । पुलिसले भन्छ हामीलाई थाहा छैन । थाहा छ कसलाई ? जनता भेडा हुन् ?”

बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बस्नुभयो तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोख्नुभयो । उहँले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “ज्येष्ठ नागरिक भनेपछि त्यही अनुसारको सम्मान दिएर कुपनको व्यवस्था गरेर यतिजना भोली आउ यति जनालाई आज दिन्छु भनेर त्यो व्यवस्था गर्नुपर्ने हो । यस्तो किसिमको नालायक प्रशासनिक व्यवस्था कहीँ पनि छैन । यो जनस्वास्थ्यले मिलाउनुपर्ने हो । हामीलाई भोलीका लागि कुपन भनेर दिएको भए हामी भोली आईहाल्थ्यौ नि ।”

आलोकनगर टोल सुधार समितिको अध्यक्ष समेत रहेका डिआर पोख्रेल बिहान ३ बजे देखि खोप लगाउन लाईन बसेपनि दिउँसोसम्म खोप लगाउन पाउनुभएन । बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सुचना निकालेपछि उहाँको धैर्यता ट्ुट्यो । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “जनतालाई भेडाबाख्रा सम्झिने ? सुचना निकाल्देर पञ्छिन पाईन्छ सरकारले ? लाईनमा ३ ÷४ हजार जनता छन् अहिले बाड्ने बेलामा बढीमा ५ सय बाड्ने रे ।”

अर्का एकजनाले ग्राण्डीबाट र धुलिखेलबाट  कालोबजारी गरेर प्रति खोप १० हजारमा खोप बेच्ने गरेको सुचना आफुले पाएको भन्दै त्यसबारे खोज गर्न संञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले नागरिकलाई तड्पाई तड्पाई मार्न खोजेको आरोप लगाउनुभयो ।
पुण्य प्रसाद भट्टराईले आफु बिहान ६ बजेदेखि लाइन बसेपनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाईन बसेपछि खोप लगाउन पाएको बताउनुभयो ।  

सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना निकालेको थियो । काठमाण्डौ महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।