२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ: प्रदेश प्रमुख पौडेल

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ: प्रदेश प्रमुख पौडेल
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) का टोलीसँगको भेटघाट कार्यक्रममा उहाँले पोखरा प्रसिद्ध पर्यटकीय नगरी भएको जनाउँदै यसको दिगो विकासका लागि महिला पर्यटन व्यवसायीको सहभागिता पनि अपरिहार्य रहेको जनाउनुभयो । 

उहाँले गण्डकी प्रदेश पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएकाले यहाँको प्राकृतिक, सांस्कृतिक र सामाजिक पक्षलाई उचित व्यवस्थापन गर्दै जनसहभागितामूलक र दिगो विकासकाका लागि नयाँ सोचको आवश्यकता औँल्याउनुभयो । 

“महिला बिहानदेखि बेलुकासम्म श्रममा खटिन्छन्, तर श्रमको मूल्याङ्कन हुनसकेको छैन, श्रमको मूल्याङ्कन नभएसम्म महिलाको सम्मान  पनि हुँदैन”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय हरेक क्षेत्रमा महिला सशक्त भएर अघि बढे पनि कार्यकारी र नेतृत्व तहमा महिलाको सहभागिता अझै न्यून रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभाव, मौद्रिक नीतिको कार्यान्वयनमा देखिएको जटिलता र खोप सुनिश्चितता नभएसम्म व्यवसाय सञ्चालन गर्न सहज नभएको विषयमा जानकारी गराउनुभएको थियो । 

संस्थाका संस्थापक अध्यक्ष जमुना पराजुलीले संस्था स्थापनाको उद्देश्य र संस्थागत रुपमा गरेका कार्यबारे प्रदेश प्रमुखलाई जानकारी गराउनु भएको थियो । संस्थाका सल्लाहकार देवका पहारी, दुर्गा ढकाल, नर्मला कँडेल, उपाध्यक्ष उमा भण्डारी, सदस्य शर्मिला न्यौपाने लगायतले  पर्यटन क्षेत्रमा महिला सहभागिताको अवस्था, व्यवसाय सञ्चालनमा कठिनाइ, बैंक तथा वित्तीय संस्थाबाट महिलाले कर्जा लिन भोग्नु परेका झन्झट लगायतका विषयमा जानकारी गराउनुभएको थियो। रासस