२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेस महामन्त्री राणाले दिए पार्टी रूपान्तरण र संगठन सुदृढीकरणको प्रतिबद्धता News Polar नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को News Polar ८ महिलासहित ७९ प्रहरी निरीक्षक दीक्षित, ३४० कार्यदिनको तालिम सम्पन्न News Polar नम्रता तामाङको ‘आयो दशैं तिहार’ सार्वजनिक News Polar प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की News Polar प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ News Polar प्रस्तावित राजदूतविरुद्धका उजुरीमा सुनुवाइ गर्न उजुरीकर्ता नै अनुपस्थित News Polar प्रश्तावित राजदुत थापाविरुद्ध संसदीय समितिमा उजुरीः जापानी पीआर र स्वार्थको द्वन्द्वमाथि छानबिन गर्न माग News Polar चितवन क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा आचार्य News Polar सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

अबैध कारोबार गर्ने चिनिया नागरिक पक्राउ (तस्बीरसहित)

अबैध कारोबार गर्ने चिनिया नागरिक पक्राउ (तस्बीरसहित)
अ अ+ अ-

काठमाडौं । दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चिनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनिया नागरिकहरुलाई पक्राउ गरेको हो ।  

पक्राउ परेका चिनिया नागरिकहरुले दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखीने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चिनका बिभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना(लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखीने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका चिनिया नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भईरहेको बताएको छ । त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको  अभियोगमा पक्राउ परेका ३ (तिन) जनालाई पनि सार्वजनिक गरेको छ । यही असार २० गते महोत्तरी जलेश्वर न.पा वडा नं. २ घर भई हाल काठमाण्डौँ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ३ थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षिय जितेन्द्र साहलाई हत्या गर्ने चन्द्रागिरि न.पा वडा नं. ३ थानकोट बस्ने ३६ वर्षिय सोमलाल गोपाली, मकवानपुर दामन – ९ घर भई चन्द्रागिरी न.पा. १ दहचोक बस्ने २५ वर्षिय मनोज दोङ तामाङ र चन्द्रागिरी.न.पा–८ मातातिर्थवाट साहिल गोपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।