१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

राजनीतिमा नौलो अभ्यास– सत्ता र सडक दुवै तिर आफैँ

राजनीतिमा नौलो अभ्यास– सत्ता र सडक दुवै तिर आफैँ
अ अ+ अ-

काठमाडाैं । बुधबार  राजधानीका सकडमा विरोध चर्कियो र ती विरोध प्रदर्शनमा थिए माओदी कार्यकर्ता । कार्यकर्तामात्र होइन बानेश्वरको संसद भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएका थिए माओवादी नेता नारायणकाजी श्रेष्ठ नै । अनि विरोध प्रदर्शनमा अर्को दल पनि थियो माधव नेपाल नेतृत्वको नेकपा एस । जसका कारण आज संसद बैठक सरकारले निर्धारण गरेको कार्यसूचीमा पनि प्रवेश गर्न सकेन ।

तर दुःखको कुरा त यो छकि मुलुकको शासन सत्तामै अहिले माओवादी छ । अनि  हालसाथै एमाले फुटेर आइ बनेको अर्को पार्टी नेकपा एस पनि छ आन्दोलनमा । यी दुई सत्तारुढ दल अहिले सडकमा ओर्लिएका छन् सरकारी प्रस्तावको विरोध गर्नका लागि । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसिसी संसदमा पेश गर्ने तयारी गरेको छ तर त्यही सरकारमा रहेका यी दुई दल भने सरकारी प्रस्तावको विरोधमा सडकमा छन् ।

आज जसरी विरोध कार्यक्रमहरुले काठमाडौँका सडक भरिएका थिए त्योभन्दा पनि बढी सामाजिक सञ्जालहरुका भित्ता पनि यी दुई दलका दोहोरो चरित्रको आलोचनाले भरिएका थिए । सबै सर्वसाधारणको एउटै प्रश्न थियो– एउटै पार्टी आफै सत्तामा बस्न र सरकारकै एजेण्डको विरोध गरी सडकमा आन्दोलन गर्न सुहाउँछ ?

तर यसको जवाफ भने कोही कसैसँग पनि छैन । किनभने यस्तो गर्ने र गर्न मिल्ने संसदीय व्यवस्थामा कहिँकतै देखिँदैन । हाम्रो देशको अहिलेको अर्थात् हाम्रो संविधानले अहिले दिएको संसदीय शासन प्रणाली भनेको वेस्टमिनिस्टर मोडल हो । यो प्रणालीको प्रमुख प्रधानमन्त्री हुन्छ अर्थात् मन्त्रिपरिषदमा प्रधानमन्त्रीले जे निर्णय गर्यो त्यो नै सदर हुन्छ । यसको मतलव मन्त्रिपरिषदमा भोटिङ हुँदैन प्रधानमन्त्रीको निर्णय नै अन्तिम हुन्छ ।

तर यस्तो अधिकारवाला प्रधानमन्त्रीले अहिले संसदमा कुनै एजेण्डा प्रस्तुत गर्न पनि नपाएको अवस्था छ । सरकारले कुनै प्रस्ताव संसदमा पेश गर्न चाह्यो भने सभामुखले गर्दिन भन्न मिल्दैन । तर यहाँ कैयौँ समयदेखि सभामुखले नै नमानेर सरकारी प्रस्ताव संसदमा टेबल हुनै सकेको छैन । एमसिसी परियोजना यसैको एउटा उदाहरण हो ।

एकातिर सरकारले आग्रह गर्दा पनि सभामुखले प्रस्ताव टेबल गर्न मानेका छैनन् भने अर्कातर्फ सत्तामै रहेका राजनीतिक दलले सडकमा गएर सरकारको विरोध गरेर तमासा नै देखाएका छन् । यसैलाई नेपालमा नौलो राजनीतिक अभ्यास भनिएको छ । माओवादी र नेकपा एस सरकारमा पनि छ, तर पनि प्रधानमन्त्रीले संसदमा पेश गर्न चाहेको एजेण्डा पेश गर्न नदिएर सडकमा आएका विरोध गरिरहेका छन् ।

संसदीय राजनीतिमा यस्तो तमासा संसारमा अन्त कतै देख्न नपाइने मत आजका सामाजिक सञ्जालहरुमा नागरिकहरुले अधिक रुपमा राखेका छन् । उनीहरुको भनाई छ– कि त प्रधानमन्त्रीले चाहेको अर्थात् सरकारले चाहेको एजेण्डा पेश गर्नु र सरकारमै बस्नु या त्यो सकिँदैन भने सरकारबाट निस्किनु । कतिले त यी दुई दलको यो कार्यलाई अनैतिक नै भनेका छन् । समय समयमा कहिँ कतै नभएको राजनीतिक अभ्यास देखिरहेका नेपाली नागरिकहरुले अहिले पनि यस्तो अनौठाको राजनीति देखेका मात्र होइन कि निःशुल्क मनोरञ्जन गर्न पाएका छन् ।

किनभने आफै सरकारको अर्थमन्त्री पनि लिने, त्यही मन्त्रीले पेश गर्नुपर्ने प्रस्तावमा सरकारभित्रै हलो अड्काउने, यता आफ्नै पार्टीका सभामुखलाई संसदमा पेश नगर भन्ने अनि यतिले मात्र नपुगेर आफ्नै नेता सडकमा उत्रिएर पानीको फोहरा र अश्रुग्याँस हान्नुपर्ने गरी जनताका छोरालाई उक्साउनेजस्तो माओवादी पार्टीको दोहोरो, तेहेरो चरित्र खोज्न गए नेपालबाहेक अन्यत्र भेट्न गाह्रै पर्छ । अनि उम्रिँदैको तीन पात भनेजस्तो माधव नेपालको पार्टी पनि यसैको पछिपछि लागेर कस्तो संसदीय अभ्यास बटुल्ने हो त्यो पनि मनोरञ्जनको अर्को विषय हो । यसरी नै अन्यत्र कतै नभएको राजनीतिक अभ्यास नेपालमा भित्र्याइँदैछ ।