२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै



अ+ अ-

काठमाडौँ । महाशिवरात्रिका अवसरमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले शनिबार पशुपतिनाथ मन्दिरअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुने भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको मन्दिर हालै पशुपति क्षेत्र विकास कोषको सक्रियतामा पुनःनिर्माण भएको हो । मन्दिर उद्घाटनपछि उहाँले प्रवचनसमेत गर्नुहुने कार्यक्रम रहेको शङ्कराचार्य मठका मठाधीश डा रमणानन्द स्वामीले राससलाई जानकारी दिनुभयो ।

कोषको निमन्त्रणमा महाशिवरात्रिमा विशिष्ट साधुका रूपमा बिहीबार राजधानी आउनुभएका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरी शङ्कराचार्य मठमा प्रवचन गर्नुभएको थियो । प्रवचनका क्रममा वैदिक सनातन मतमा आधारित समाज निर्माणका लागि सबै लाग्नुपर्ने अवस्था आएको भन्नुहुँदै शङ्कराचार्य निश्चलानन्द स्वामीले नेपालमा कल्याणकारी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

नास्तिक मतका अनुयायी बढ्न थालेकाले आध्यात्मिक ज्ञानका लागि आफू नेपालमा प्रवचन गर्न आएको उल्लेख गर्नुहुँदै उहाँले पृथ्वीको रचना भएदेखि नै वैदिक सनातन मतका आधारमा सृष्टि चलेको भनाइ राख्नुभयो । आज साँझ शङ्कराचार्य निश्चलानन्द सरस्वतीले नेपाल–भारतमैत्री धर्मशालामा जिज्ञासुका प्रश्नको उत्तर दिनुहुने कार्यक्रम रहेको छ ।रासस