२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ५९ वर्षीय लाक्पा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७  दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो । 

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी जनता बैंकमा लामाले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १५ लाख रुपैंया बराबरको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतबाट  उक्त फैसला भएको थियो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।