२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले देशब्यापी सघन प्रशिक्षण संचालन गर्ने



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले देशब्यापी सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ ।

जनबर्गिय संगठनका पदाधिकारी सदस्यहरु सहभागी प्रशिक्षणको आज पार्टी अध्यक्ष कमल थापाले उद्घाटन गरेका छन् । थापाले बैचारिक रुपमा प्रतिबद्ध र निष्ठावान कार्यकर्ताको जमात सहितको धारिलो संगठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए । प्रशिक्षण कर्मकाण्डि नभई बिषय केन्द्रित प्रभाबकारी हुनुपर्नेमा थापाको जोड थियो ।

पार्टी र नेतृत्व माथी योजनाबद्ध र षड्यन्त्रपुर्बक भ्रम सिर्जना गरिएको छ, त्यो तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुन आग्रह गर्दै थापाले राप्रपा नेपाललाई आशा र भरोसाको पार्टी बनाउन सोही अनुसारको भुमिका निर्बाह गर्नु आबश्यक भएको बताए।

कार्यक्रममा राजानितिक कार्यदिशा,सम्बर्द्धनबादी दर्शन र जनबर्गिय संगठनको भुमिका बिषयमा कमल थापा, सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको आबश्यकता बारे डाक्टर बिष्णु भण्डारी , पार्टी संगठन निर्माण र परिचालन बारे राजाराम बर्तौला ‘चुनेली’ तथा नेतृत्व बिकास बिषयमा प्राध्यापक नरप्रसाद थापाले प्रशिक्षण दिनुभएको प्रशिक्षण बिभागका प्रमुख एबं महामन्त्री सुशील श्रेष्ठले जानकारी दिए । संगठन निर्माण र प्रशिक्षण कार्यलाई समानन्तर रुपमा देशब्यापी योजनाबद्ध रुपमा संचालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।