२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु



अ+ अ-

सप्तरी । सप्तरीको कञ्चनरूपमा आज भएको सडक दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्गस्थित सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका–११ बेङ्गरी चोकमा भएको दुर्घटनामा सोही ठाउँकी ४० वर्षीया कौशिल्या चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।  
    
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१क २८० नम्बरको टिपरले साइलकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालयय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्लिसिनाले बताउनुभयो । शव परीक्षणका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । टिपर र चालक इलाका प्रहरी कार्यालयको नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।