२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि मैदानबाट सट्टाबाजीको आशंकामा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ ।

त्रिवि मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार ती व्यक्तिलाई सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाटै नियन्त्रणमा लिइएको छ ।

त्रिवि मैदानमा अहिले नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । स्कटल्याण्डले नेपालसामु २७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।