५ आश्विन २०८१, शनिबार
,
Latest
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टु: माईकलको शतकमा नेपाललाई २७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत आजको खेलमा स्कटल्याण्डले नेपाललाई २ सय ७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्याण्डका लागि माईकल लिस्कले सानदार शतक प्रहार गरे । माईकलले ८५ बलमा ३ चौका तथा ९ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले ।

यस्तै, नेपालविरुद्धको आजको खेलबाट डेब्यु गरेका ज्याक जार्किभले २६ रन जोडे । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२/२२ रन बनाए । टोमस म्याकिन्टोस र मार्क वाटले २० रन बनाउदा कप्तान रिचि बेरिङ्गटनले समान १९/१९ रन बनाए ।

नेपालले बलिङको लागि चार जना स्पिनर प्रयोग गरेको थियो । सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए भने कुशल मल्लले २ विकेट लिए । यस्तै, सोमपाल कामी,दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।