२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा फुट्यो, को आधिकारिक ?



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। राष्ट्रिय जनता पार्टी  (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएको साढे चौध महीनापछि जसपा विभाजित भएको हो । 

महन्थ ठाकुरले नेतृत्व गरेको राजपा र उपेन्द्र यादव नेतृत्वको सपा मिलेर गठन भएको जनता समाजवादी पार्टी (जसपा) मंगलबार निर्वाचन आयोगमा पुगेर दुवै पक्षले हस्ताक्षर गरेपछि औपचारिक रूपमै टुक्रिएको हो। 

ठाकुर पक्षका नेता अनिल झाले जसपा फुटेको बताएका छन् । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव, शरत्‌सिंह भण्डारी, लक्ष्मणलाल कर्ण, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, केशव झा, सुरेन्द्र झा र राजेन्द्र श्रेष्ठले आयोगलाई पार्टी विभाजनको प्रक्रिया अगाडि बढाउन लिखित सहमति दिएर आएका छन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अब आयोगले इजलाश गठन गर्ने र को आधिकारिक हो भन्ने निर्क्योल गर्ने बताउँछन्। “आयोगले प्रचलित कानून अनुसार, तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ,” उनी भन्छन्।