२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा फुट्यो, को आधिकारिक ?



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। राष्ट्रिय जनता पार्टी  (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएको साढे चौध महीनापछि जसपा विभाजित भएको हो । 

महन्थ ठाकुरले नेतृत्व गरेको राजपा र उपेन्द्र यादव नेतृत्वको सपा मिलेर गठन भएको जनता समाजवादी पार्टी (जसपा) मंगलबार निर्वाचन आयोगमा पुगेर दुवै पक्षले हस्ताक्षर गरेपछि औपचारिक रूपमै टुक्रिएको हो। 

ठाकुर पक्षका नेता अनिल झाले जसपा फुटेको बताएका छन् । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्रराय यादव, शरत्‌सिंह भण्डारी, लक्ष्मणलाल कर्ण, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, केशव झा, सुरेन्द्र झा र राजेन्द्र श्रेष्ठले आयोगलाई पार्टी विभाजनको प्रक्रिया अगाडि बढाउन लिखित सहमति दिएर आएका छन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अब आयोगले इजलाश गठन गर्ने र को आधिकारिक हो भन्ने निर्क्योल गर्ने बताउँछन्। “आयोगले प्रचलित कानून अनुसार, तथ्य र प्रमाणका आधारमा निर्णय गर्छ,” उनी भन्छन्।