२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी सधै जवान हुन सकिन्छ



अ+ अ-

काठमाडौं । अत्यधिक गुलियो खानाले स्वास्थ्यलाई हानी पुर्याउने कुरा हामीमध्ये सबैलाई थाहा छ । तर यसको सन्तुलित सेवनले स्वास्थ्यलाई पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहोला । एक नयाँ सोधका अनुसार गुलियो व्यञ्जनले बुढ्यौलीलाई सुस्त गर्नुका साथै रक्त संचारलाई राम्रो बनाएर तपाईंलाई सधैँ खुसी राख्न मद्दत गर्दछ ।

चकलेटमा कोकोआ हुन्छ जसमा ‘फ्लावानल’ नामक एन्टिअक्सिडेन्ट हुने गर्दछ जसले रक्त संचार सुचारु गर्न सहयोग गर्दछ । चकलेटमा जति धेरै कोकाआ हुन्छ त्यति नै यो तपाईंको स्वास्थ्यको लागि फाइदा हुने गर्दछ ।

ब्रेन पावरः वैज्ञानिकहरुका अनुसार तपाईं जति मात्रामा फ्लावानले भरिपूर्ण कोकाआको सेवन गर्नुहुन्छ तपाईंको मानसिक क्षमतामा त्यति नै धेरै वृद्धि हुने गर्दछ ।

बुढ्यौलीको गतिमा ह्रासः छालालाई तन्काउने खालको प्रोटिन कोकोआले भरपूर चकलेटमा पनि पाइने गर्दछ ।
खुसी बनाउँछः वैज्ञानिक पत्रिका न्यूट्रिशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाईंको मुडलाई राम्रो बनाइराख्छ र यसले डिप्रेसनलाई पनि कम गर्ने गर्दछ ।

कोलेस्ट्रोलको कमीः उच्च कोकोआयुक्त चकलेट खाँदा कोलेस्ट्रोल मात्र कम हुँदैन, यसले रक्तचाप पनि कम गर्ने गर्दछ । 

तौल घटाउँछः एक अध्ययनका अनुसार चकलेटको सेवनले तौल बढाउने प्रकारको भोजनको इच्छामा कमी गरिदिन्छ जसले तपाईंको तौल नियन्त्रित हुने गर्दछ ।