२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैलाई मन पराउनुहुन्छ भने कहिल्यै नगर्नुस् यी १० व्यवहार



अ+ अ-

काठमाडौंं । के तपाईं कसैलाई मनपराउनु हुन्छ यदि मन पराउनु हुन्छ यी कुरामा ख्याल गर्नु जरुरी हुन्छ ।  
 
सोसल नेटवर्किङमा पिछाः भेटेको केहि समयपछि नै महिला फेसबुकमा गएर उनको निकै अघिदेखि राखिएको सबै फोटोहरुमा लाइक नगर्नुहोस् । संवेदनशील महिलाहरुलाई कसैले पनि छोटो समयमा यति बिधि प्राथमिकता दिएको पटक्कै मनपर्दैन । यसो गर्नुभयो भने उनी तपाईंबाट प्रभावित नभई तपाईंबाट टाढा जान खोज्नुहुन्छ ।

विवाहको बारेमा संकेत नदिनुहोस्ः पुरुषहरु कुनै पनि कमिट्मेन्ट गर्न डराउँछन् भन्ने कुरा पुराना भइसकेको छ । वास्तविकता के हो भने महिलाहरु कम परिचित पुरुषहरुसँग कमिटेड हुन डराउँछन् । हुनसक्छ तपाईं आफ्नो सम्बन्धप्रति निकै सिरियस हुनुहुन्छ होला र उनीसँगै आफ्नो बाँकी जीवन व्यतित गर्न चाहनुहुन्छ होला तर उनले तपाईंले जे सोच्नु भएको त्यस्तो नसोचेको हुनसक्छ । पहिले आफूले मनपराएको महिलाको तपाईंप्रति राख्ने भावनाको बारेमा बुझ्नुहोस् ।

पैसाको सो–अफ नगर्नुहोस्ः महँगो उपहार दिएर महिलाको मन जित्ने सोच्दै हुनुहुन्छ भने त्यो सोचाई तुरुन्त त्यागिदिनुहोस् किनभने महिलाहरुलाई आफ्नै कमाईले आफ्नो शोक र आवश्यकता पूरा गर्न मनपर्छ । त्यसकारण आफू धेरै धनी छु भनेर देखाउन नखोज्नुहोस् ।

पटक–पटक अपडेट लिइरहन आवश्यक छैनः कसैलाई बुझ्न चाँहदै हुनुहुन्छ भने उनको हरेक मिनेटको खबर लिइरहन आवश्यक छैन । यो सोच्नुहोस्, तपाईंलाई भेट्नुभन्दा अघि पनि उनी खाना खान्थिन्, तपाईंको गुडनाइट मेसेज बिना नै सुत्ने गर्थिन । पटक–पटक अपडेट लिने तपाईंको बानीले तपाईं पागलजस्तै उनको पिछा गरिरहनुभएको छ त्यसकारण महिला तपाईंसँग नजिक हुनुको साटो टाढा हुनेछिन् ।

पटक–पटक फोन नगर्नुहोस्ः यदि तपाईंले प्रभावित पार्न चाहनुभएको महिलाले कुनै कारणवश अथवा व्यस्त हुँदा तपाईंको फोन उठाउन चाहनुभएको छैन र तपाईंको मेसेज फर्काउँदिनन् भने तपार्ईंको बारम्बारको फोन र मेसेजले उनलाई प्रभावित पार्नुभन्दा बढि तनाव दिने गर्दछ ।

बिल सधैँ आफैँले नै नतिर्नुहोस्ः यदि तपाईं बाहिर कतै खानको लागि निस्कनु भएको छ भने उनले बिल तिर्दा केहि पनि फरक पर्दैन । यदि तपाईं सधैँ बिल आफैँले तिर्न हठ गर्नुहुन्छ भने तपाईंले उनलाई कृपा गरिरहेको सम्झनु हुनेछ । खर्च बाँड्दा त्यसले उनको आत्मसम्मानलाई कायम राख्ने गर्दछ ।

सेक्सको कुरा नगर्नुहोस्ः केहि दिन पहिले मात्र सुरु भएको तपाईंको सम्बन्धमा सेक्सको बारेमा कुरा नगर्नुहोस् । यसले तपाईंको छविलाई बिगार्ने गर्दछ । तपाईंले सेक्सको बारेमा कुरा गर्दा ती महिलाले तपाईंले पहिले पनि अरु थुप्रै महिलालाई प्रयास गरिसकेको उनले बुझ्नेछिन् । आफ्नो सम्बन्धलाई अगाडि बढाउनका लागि थोरै समय दिनुहोस् ।

पुरानो सम्बन्धमा घमण्ड नगर्नुहोस्ः तपाईंले थुप्रै महिलासँग सम्बन्ध गाँसिसकेको भन्दै घमण्ड गर्न छोड्नुहोस् । यसो गर्नाले तपाईंको पहिलोको सम्बन्ध बिग्रनुमा तपाईंकै हात भएको उनले बुझ्नुहुनेछ ।

नचाहिने कुरामा उपहार बर्साउनु ठिक होइनः नचाहिने कुरामा उपहार दिइरहँदा उनलाई दिक्क लाग्न सक्छ । पैसाले तपाईं उनको माया किन्न सक्नुहुन्न । तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

पर्सनल लाइफमा बाधा नपुराउनुः महिलालाई तारिफ गरेको मन त पर्छ तर पटक–पटकको तारिफ पनि उनीहरुलाई झर्को लाग्ने गर्दछ । सम्बन्धको सुरुवाती अवस्थामा तपाईं उनको लवाई–खुवाईमा टिप्पणी गरेर उनलाई सल्लाह दिनुहुन्छ भने उनलाई त्यो राम्रो लाग्दैन ।