• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छ: अध्यक्ष ओली ★   छात्राको शरिरबाट गोलि निकालियो, कस्तो छ अहिले अवस्था ? ★   पर्यटन,आइटी,जलविद्युत, सिमेन्ट उद्योग र कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन ★   आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग ★   नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास ★   ग्लोबल आइएमई बैंकको कान्तिपथ शाखाद्वारा आयोजित वित्तीय तथा डिजिटल बैंकिङ्ग सम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न ★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना

विश्वको समुद्री ताप उच्च विन्दुमाः अध्ययन



एजेन्सी । सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय जर्नल एडभान्सेज इन एटमोस्फेरिक साइन्समा प्रकाशित भएको चीन, संयुक्त राज्य अमेरिका र इटालीका १६ वटा इन्स्टिच्युटका २४ जना वैज्ञानिकको टोलीले गरेको अध्ययनले सामुद्रिक तापमानमा उच्च वृद्धि भएको देखाएको हो ।

“सन् २०२१ को तुलनामा पृथ्वीको महासागरको माथिल्लो दुई हजार मिटरको माथिल्लो भागले ठूलो मात्रामा ताप सोसेको छ । यो तापक्रमले १.५ लिटर पानी भएका ७० करोड केटल उमाल्न पर्याप्त हुन्छ,” अध्ययनका लेखक तथा चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ एटमोस्फेरिक फिजिक्सका अनुसन्धाता चेङ लिजिङले भने ।

विश्वव्यापी तापको ९० प्रतिशतभन्दा बढी महासागरमा समाप्त हुने भएकाले जलवायु परिवर्तनको मापनका लागि महासागरीय तापक्रम वृद्धि एक प्रमुख सूचक हो । समुन्द्रभित्र गर्मी बढ्नु नै ग्लोबल वार्मिङको थप प्रमाण भएको वैज्ञानिकको विश्वास छ ।

सन् २०१७ देखि हरेक वर्ष समुद्री तापक्रम वृद्धिको रेकर्ड तोडिएको छ । विश्वव्यापी तापक्रम वृद्धिका लागि महासागरको ढिलो प्रतिक्रियाका कारण समुद्रको तापक्रमको प्रवृत्ति दशकौँसम्म कायम रहने चेङले उल्लेख गरे ।

उनले भने, “तापमानको अलावा, अध्ययनले समुद्रको पानीको लवणताको पनि गणना गरेको थियो । अध्ययनले उच्च नूनिलोपन भएका क्षेत्रमा लवणतामा थप वृद्धि भएको देखाएको छ । यद्यपि कम नूनिलो भएको क्षेत्रमा नतिजा ठीक विपरीत छ । ‘लवणमा थप नूनिलोपन थपिन्छ भने ताजा पानी भएको क्षेत्र थप ताजा हुन्छ’ भन्ने प्रवृत्ति पनि सन् २०२२ मा रेकर्डकै उच्चस्तरमा पुगेको छ ।” अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार महासागरमा हुने तापक्रम वृद्धिले समुद्रको सतह बढाउँछ र शक्तिशाली आँधी र तुफानको रूपमा अधिक उग्र मौसमलाई निम्त्याउँछ । तिनीहरू कार्बन अवशोषित गर्न पनि कम कुशल हुन्छन्, जसले गर्दा अधिक मानव–उत्सर्जित कार्बन डाइअक्साइड वायुमण्डलमा रहन्छ र यसले विश्वव्यापी तापक्रमलाई बढाउँछ ।

“समुद्रको ताप र लवणतामा हुने परिवर्तनको बारेमा राम्रो जागरूकता र ज्ञान जलवायु परिवर्तनसँग जुध्ने कार्यको लागि एक आधार हो,” चेङले अध्ययनको महत्वको व्याख्या गर्दै थपे ।

वैज्ञानिकले चिनियाँ संस्थान र अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले गत वर्ष रेकर्ड गरेको समुद्री तथ्याङ्क पनि अध्ययनमा सार्वजनिक गरेका छन् ।