१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र युनाइटेडको बराबरी



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बार्सिलोना र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

बिहीबार राति भएको पहिलो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलको ५० औं मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि अर्थात् ५२ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा बार्सिलोनाका कोउन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा १–२ को अग्रता बनायो । तर, ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको हार टारे ।

अब यी दुई टोलीबीच दोस्रो लेग फेब्रुअरी २४ मा युनाइटेडको घरेलु मैदानमा हुनेछ ।