२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार २३ गते बुधबार, कस्तो रहनेछ तपाईको आजको समग्र दिन ? हेर्नुहोस् दैनिक राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): आज सामान हराउने यो छ । नयाँ ठाउँमा लगानी गर्नु पनि उचित छैन, तर कृषि व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । अरूलाई सहयोग पनि गर्न सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): आज स्वास्थ्य जाँचको लागि अस्पताल जानु पर्ला र धन खर्च होला , तर साँझ सम्ममा शुभ समाचार सुन्न पाइनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): प्रविधि मार्फत आफन्त सँग भेटघाट हुनेछ । अधुरा काम पुनस् सुरु हुनसक्छ । उपहार पाइने सम्भावना पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेम प्रसङ्गमा नजिक हुन सकिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर शेयर बजारको लगानी नोक्सानी रहला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): दाम्पत्य जीवन सुखमय हुनेछ । स्वादिष्ट भोजन र परिकारको अवसर मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम जीवनमा मधुरता छाउनेछ । लाभदायक तथा कर्तव्य पूर्ण यात्रा पनि हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । आफन्तले सहयोग गर्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अरुको मन पनि जित्न सकिनेछ, तर पढाइमा बढी मेहनत गर्दा मात्र सफल भइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): न्यायिक निर्णयहरू तपाईँकै पक्षमा निर्णय हुनसक्छ । नजिकको मित्रबाट विशेष सहयोग मिल्नेछ, शेयर बजारमा भने नोक्सानी रहला । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् । हाम्रो पात्रो