२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुँवरको निधनमा दुःख व्यक्त



अ+ अ-

गण्डकी । नेपाली कांग्रेस कास्कीले कांग्रेस नेता रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
    
विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र र टे«ड युनियन आन्दोलनमा पुर्याउनुभएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाइएको छ । कुँवरलाई निष्ठावान र इमान्दार नेताका रूपमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्वाञ्जलि एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको सोमबार निधन भएको थियो । उहाँको मङ्गलबार पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका नेता कुँवर हाल नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार हुनुहुन्थ्यो । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहनुभएका उहाँ पछिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखको प्रत्याशी हुुनुहुन्थ्यो ।