२७ आश्विन २०८१, आईतवार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुँवरको निधनमा दुःख व्यक्त



अ+ अ-

गण्डकी । नेपाली कांग्रेस कास्कीले कांग्रेस नेता रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले शोक विज्ञप्ति प्रकाशित गरी उहाँको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
    
विज्ञप्तिमा उहाँले आफ्नो जीवनकालमा प्रजातन्त्र र टे«ड युनियन आन्दोलनमा पुर्याउनुभएको योगदानको उच्च सम्मान व्यक्त गर्दै सदैव स्मरणीय रहने जनाइएको छ । कुँवरलाई निष्ठावान र इमान्दार नेताका रूपमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्वाञ्जलि एवं शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उहाँको सोमबार निधन भएको थियो । उहाँको मङ्गलबार पोखराको शान्तिघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्य रहनुभएका नेता कुँवर हाल नेपाल ट्रेड युनियन कांग्रेसको सल्लाहकार हुनुहुन्थ्यो । नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहनुभएका उहाँ पछिल्लो स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखको प्रत्याशी हुुनुहुन्थ्यो ।